समाचारमंगलबार, भाद्र १, २०७२

मस्यौदा समितिलाई थप चार दिन

हिमालखबर

संविधानसभाले नयाँ संविधानको अन्तिम मस्यौदा तयार पार्न मस्यौदा समितिलाई थप चार दिनको समय दिएको छ ।

यसअघि, ३२ साउनसम्म दिइएको समयमा मस्यौदा तयार नभएपछि आज बसेको संविधानसभा बैठकले चार दिन थप गरेको हो । जनताको सुझाव समेटेर संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिले तयार पारेको प्रतिवेदनसँग असन्तुष्ट पक्षसँग छलफल गरेर मस्यौदा तयार पार्न तयारीमा शीर्ष नेताहरु लागेपछि बैठकले थप समय दिएको छ ।

शीर्ष नेताहरु सम्मिलित विशेष समितिले सीमाकंनबाहेकका अन्य विवादमा सहमति जुटाएको सम्वाद समितिका सभापति बाबुराम भट्टराईले ट्वीटमार्फत उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>