समाचारबुधबार, भाद्र २, २०७२
बन्द र तोडफोडमा संलग्न दशजना प्रहरीको नियन्त्रणमा
जबर्जस्ती यातायात बन्द गराउँदै सवारी तोडफोडमा संलग्न भएपछि झापाको बिर्तामोडबाट सद्भावना पार्टीका जिल्ला अध्यक्ष सूर्यनारायण गणेशसहित १० जनालाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ ।
छ प्रदेशको सीमाङ्कनप्रति असहमति जनाउँदै आह्वान गरिएको बन्दको अवज्ञा गरेको भन्दै सवारीसाधन तोडफोड गर्ने १० जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए ।
गणेश शान्ति समिति झापाका संयोजक समेत हुन् । उनीसँगै सवारी तोडफोडमा संलग्न भएका तराई मधेस लोकतान्त्रिक पार्टी झापाका जिल्ला अध्यक्ष त्रिनारायण राजवंशी, सुन्दरलाल गणेश, सुरेश यादव, गणेश ढुङ्गाना लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका सबैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रनाउ राउतले बताए ।
मधेसी मोर्चा, थारू सङ्घर्ष समिति, कोचिला सङ्घर्ष समितिलगायतका दलले आह्वान गरेको बन्दका कारण पाँच दिनदेखि झापाको जनजीवन प्रभावित भएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
