Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
'सिन्धुली ३ नं. मै रहन्छ, यताउती गर्न पाइँदैन' - Himalkhabar.com

थप समाचारबुधबार, भाद्र २, २०७२

‘सिन्धुली ३ नं. मै रहन्छ, यताउती गर्न पाइँदैन’

हिमालखबर

;d[4 l;Gw'nL cleofgn] æxfd|f] lsNnf l;Gw'nL lhNnfÆ gf/f lbP/ cfh sf7df8f}Fsf] dLgejgdf cfof]hgf u/]sf] ;8s sfo{qmdnfO{ ;Daf]wg ub{} l;Gw'nL lhNnfaf6 ;+ljwfg;ef k|ltlglwTj ug{] ;ef;bnufot lhNnfl:yt ljleGg /fhgLlts bnsf g]tfx? . tl:a/ M gf/fo0f Gof}kfg], /f;;

सिन्धुलीबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद्हरुले प्रमुख चार राजनीतिक दलले गरिसकेको सङ्घीय प्रदेशको सीमा निर्धारणलाई अब यताउता गरिए आफूहरुलाई मान्य नहुने चेतावनी दिएका छन् ।

समृद्ध सिन्धुली अभियानले २ भदौ बिहान काठमाडौँको मीनभवनमा गरेको सडक कार्यक्रममा उनीहरुले भाषा, संस्कृति र भूगोलको हिसाबले समेत सिन्धुली जिल्ला प्रदेश नम्बर ३ मै कायम रहनुपर्नेमा जोड दिए ।

प्रदेशको सीमा निर्धारणसम्बन्धी निर्णयलाई पहिलो स्वागत गर्ने सिन्धुलीलाई पछिल्लो समय फेरि यताउता गाभ्ने कुरा चलाइएको प्रति आपत्ति जनाउँदै सांसदहरुले जिल्लालाई विभाजित हुन नदिने तथा कुनै हालतमा प्रदेश नम्बर २ मा जाँदै नजाने जिकिर गरे ।

नेवार, तामाङ, सुनुवार, मगर, बाहुन क्षेत्रीको बाहुल्य रहेको जिल्ला सिन्धुलीलाई फेरि पनि चलाउन खोज्नु भनेको नेताहरु एउटा निर्णयमा अडिक रहन सक्दैनन् भन्ने सन्देश प्रवाह हुने भएकाले त्यसलाई बुझेर काम गर्न सांसदहरुले राजनीतिक दलका शीर्ष नेतृत्वलाई सुझाव दिए ।

जिल्लाका सभासद्सँग छलफल नै नगरी जिल्लाको विषयमा निर्णय गर्ने कसैलाई पनि अब अधिकार नहुने जनाउँदै सभासद्हरुले सिन्धुलीलाई मधेश विरोधीका रुपमा प्रस्तुत गर्न खोजिएको प्रति रोष पनि व्यक्त गरेका थिए ।

सो अवसरमा सांसदहरु गणेश पहाडी, मोहन बराल, हरिबोल गजुरेल, पूर्वसांसद लीलामणि पोखरेल, विपिन कोइरालालगायतले सामर्थ्य र पहिचानका हिसाबले सिन्धुली प्रदेश नम्बर ३ मै रहनुपर्ने तर्क प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>