Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बाँके र नवलपरासीमा बन्द खुकुलो हुँदै - Himalkhabar.com

थप समाचारबुधबार, भाद्र २, २०७२

बाँके र नवलपरासीमा बन्द खुकुलो हुँदै

हिमालखबर

लामो बन्दले प्रभावित भएको बाँकेको कोहलपुरमा अब पसलहरु खुल्न थालेकाछन् । तस्वीर: केशव राना

लामो बन्दले प्रभावित भएको बाँकेको कोहलपुरमा २ भदौदेखि पसलहरु खुल्न थालेकाछन् । तस्वीर: केशव राना

थरुहट स्वायत्त प्रदेशको माग राख्दै गरिएको आमहड्ताल बाँके र नवलपरासीमा खुकुलो हुँदै गएको छ ।

नवलपरासी सदरमुकाम परासी बजार बन्द रहे पनि राजमार्गमा यातायात सुचारु छ, पसल, कार्यालय र विद्यालयहरु खुलेका छन् ।

त्यस्तै बाँकेमा पनि शैक्षिक संस्था, पसलहरु खुलेका छन् । सडकमा मोटरसाइकल प्रशस्तै गुडेका छन् भने अन्य गाडीहरु फाट्टफुट्ट सडकमा गुडिरहेका छन् ।

बन्दकर्ताहरु सडकमा देखिएका छैनन् ।

पूर्वी नवलपरासीलाई ४ नं. प्रदेशमा राख्ने निर्णयलाई स्वागत गरिंदै नवलपुरमा ३१ साउनमा आयोजना गरिएको कार्यक्रम । तस्वीर: विद्रोही गिरी

पूर्वी नवलपरासीलाई ४ नं. प्रदेशमा राख्ने निर्णयलाई स्वागत गरिंदै नवलपुरमा ३१ साउनमा आयोजना गरिएको कार्यक्रम । तस्वीर: विद्रोही गिरी

थारु कल्याणकारिणी सभा, थरुहट संघर्ष समितिले २७ साउनदेखि आह्वान गरेको बन्दमा पछिल्लो समय मधेश केन्द्रित दलहरु समेत मिसिएपछि यहाँको जनजीवन पूर्ण रुपमा ठप्प भएको थियो ।

केशव राना, बाँके र विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>