समाचारबुधबार, भाद्र २, २०७२

कर्णाली प्रदेश माग्दै काठमाडौंमा प्रदर्शन

हिमालखबर

cf}hf/;lxt k|bz{g :jfoQ s0ff{nL k|b]zsf] dfu ub}{ dªunaf/ bzf}F lbgsf] k|b{zgdf s[lif cf}hf/;lxt cfGbf]ngdf ;xefuL k|bz{gsf/L . tl:a/ M g[k]Gb| axfb'/ dNn, d'u', /f;;

घरेलु हतियारसहित १ भदाैमा प्रदर्शनमा उत्रिएका मुगुका अान्दाेलनकारी । तस्वीरः रासस

अखण्ड कर्णाली प्रदेशको माग गर्दै २४ साउनदेखि कर्णाली अञ्चलका जिल्लाहरुमा जारी आन्दोलन काठमाडौंबाट पनि थालिएको छ ।

अहिले माइतीघर मण्डलामा कर्णाली क्षेत्रका नेता–कार्यकर्ता, सर्वसाधरणलगायत भेला हुँदैछन् । माग पूरा नभएसम्म काठमाडौंमा भद्र प्रदर्शन जारी राख्ने उनीहरुले तयारी गरेका छन् ।

स्वायत्त कर्णाली प्रदेशको मागसहित जारी आन्दोलनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य जीवनबहादुर शाही र दिनबन्धु श्रेष्ठ, नेकपा एमालेका केन्द्रिय सदस्य गोरखबहादुर बोगटी, एमाओवादीका केन्द्रिय सदस्य महेन्द्रबहादु शाही, नेकपा–माओवादीका केन्द्रिय नरेश भण्डारी नै सहभागी छन् ।

काठमाडौंमा हुने आन्दोलनका संयोजन गर्न चन्द्रबहादुर शाहीलाई जिम्मेवारी दिइएको छ । यसअघि, संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई, मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलालाई भेटेर माग राखेपनि सुनुवाई नभएकाले प्रदर्शन शुरु भएको अखण्ड कर्णाली अभियानमा संलग्न नवराज महताराले बताए ।

उता, कर्णालीका जिल्लाहरुमा पनि आन्दोलन जारी छ । बन्दको आह्वानसहित प्रदर्शनमा उत्रिएका आन्दोलनकारीलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यू जारी गर्दै आएको छ ।

आज भने श्रीपञ्चमी परेकाले बातावरण शान्त बनेको छ । जुम्लामा जारी हुँदै आएको कर्फ्यू पनि आज हटाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>