समाचारबुधबार, भाद्र २, २०७२
आन्दोलनमा मृत्यु हुनेका परिवारलाई ५० लाख दिलाउने मधेशी मोर्चाको निर्णय
मधेश केन्द्रित दलहरुको संयुक्त मोर्चाले जारी आन्दोलनका क्रममा मृत्यु हुनेको परिवारलाई पछि बन्ने प्रादेशिक सरकारले रु. ५० लाख दिने निर्णय गरेको छ ।
मोर्चाको २ भदौमा बसेको बैठकले आन्दोलनका क्रममा मृत्यु हुनेको परिवारलाई पछि बन्ने प्रादेशिक सरकारबाट ५० लाख दिने निर्णय गरेको हो ।
मोर्चाले तराई–मधेश, जनजाति, थारु, खसलगायत आन्दोलनका क्रममा मृत्यु हुनेको परिवारलाई निशुल्क शिक्षा र रोजगारीको जिम्मेवारी पनि प्रादेशिक सरकारले लिने निर्णय गरेको छ ।
बैठकले केन्द्रीय आन्दोलन परिचालन र संयोजन समिति बनाउने पनि निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
