रमझमबुधबार, भाद्र २, २०७२

सन्फ्रान्सिस्कोमा केकी र नन्दिताको नृत्य, सुनिल थापालाई अवार्ड (भिडियो सहित)

हिमालखबर

‘फेस्टिभल अफ ग्लोब्स’ अन्तर्गत सनफ्रान्सिस्को विश्व चलचित्र महोत्सव– २०१५ नेपालको सहभागीता र अभिनेता सुनिल थापाको सम्मान नेपाली फिल्म क्षेत्रको लागी कोशेढुंगा बनेको छ ।

शब्द र तस्वीर: अनुशील श्रेष्ठ, सन्फ्रान्सिस्कोमा
fog1अमेरिकाको सन्फ्रान्सिस्कोमा आयोजीत ‘फेस्टिभल अफ ग्लोब्स’ अन्तर्गत सनफ्रान्सिस्को विश्व चलचित्र महोत्सव– २०१५ अन्तिम चरणमा १५ अगस्तका दिन नेपाली अभिनेता सुनिल थापालाई ग्लोवल लाइफ टाइम एचिभमेण्ट अवार्डबाट सम्मान गरियो ।

थापासँगै हलिउडका ज्याकी चेन र माटीन सेन, भारतीय संगीतकार बप्पी लाहिडी र भियतनामका कलाकार कियु चीनलाई मञ्चमा सम्मानित गरिंएको थियो । ज्याकी भने अन्तिम समयमा समारोहमा उपस्थित हुन सकेनन ।

समारोहमा नेपाली नायिकाहरु ऋचा घिमिरे, नन्दिता केसी, केकी अधिकारी र नायक शुसाङ्क मैनालीलाई समेत सम्मान गरिएको थियो ।

समारोहमा अमेरिकाका लागी नेपाली राजदूत डा. अर्जुन कार्कीले सुनिल थापा सहित नेपाली कलाकर्मीको सम्मान नेपालकै सम्मान भएको बताउँदै आयोजकलाई धन्यवाद दिए ।

अन्तराष्ट्रियस्तरमा आफू सम्मानित हुँदा उत्साहित भएको अभिनेता थापाले बताए ।

ढाका टोपी र दौरा सुरुवालमा सजिएका थापाले अवार्ड थाप्दै भने ‘मैले पाएको यो सम्मान नेपाल र नेपाली फिल्म क्षेत्रको हो ।’

सन्फ्रान्सिस्कोमा कुरा गर्दै उनले यस अवार्डले आफूलाई अन्तराष्ट्रियस्तरमा नयाँ पहिचान दिने बताए ।

महोत्सवको अर्को आकर्षण शंकर बिसीको नृत्य निर्देशनमा नायिका केकी अधिकारी र नन्दिता केसी सहित स्थानीय नेपाली कलाकरहरुको नृत्य रह्यो ।

नेपाली मौलिक लोक धुन र फिल्मी गीत सहितको ७ मिनेट लामो नृत्यमा केकी र नन्दिता सहित १३ जना नेपाली पहिरन र झण्डा लिएर उपस्थित हुँदा दर्शकले तालीको गडगडाहटले स्वागत गरे ।

fug3कुटुम्ब र अन्य नेपाली लोक धुनसँगै माईतीघर, चीनो आदि फिल्मका गीतहरु सहितको प्रस्तुतीले दर्शकको मन जितेको थियो ।

आफै पनि नृत्य गर्दै मञ्चमा देखिएका नृत्य निर्देशक बीसीले आफ्नो करिअरकै महत्वपूर्ण अवसर भएको बताए ।

नयिका केकी र नन्दिताले विभिन्न देशका फिल्मकर्मीसँगको भेटले धेरै सिक्ने मौका पाएको बताउँदै नेपाली गीत र नृत्यलाई यत्रो ठुलो मञ्चमा प्रस्तुत गर्न पाउँदा गर्व लागेको बताए ।

महोत्सवमा नेपालसहित अमेरिका, भारत, चीन, मेक्सिको, इरान, रुसलगायत ३० देशका फिल्म र चलचित्रकर्मीहरुको सहभागिता थियो ।

महोत्सवमा जोयस पाण्डे निर्देशित ‘साँघुरो,’ शंकर घिमिरेको ‘तुलसी,’ उदय सिंजापतीको ‘टाटा बाइबाइ’ प्रदर्शन गरिएका थिए ।

त्यस्तै छोटा चलचित्र अन्तर्गत फूलमान बलको ‘सेलफोन’ र जसकुमार राईको ‘सेक्रिफाइस नेभर डाइ’ को प्रदर्शन भएको थियो ।

नेपाली फिल्म र फिल्मकर्मीलाई यो मञ्चसम्म पुरयाउन महत्वपुर्ण भूमिका खेल्ने महोत्सवका निर्देशकमध्येका प्रकाश थापाले कार्यक्रम सफल भएको र नेपालीहरुको सहभागिता उत्साहजनक रहेको बताए ।

७ अगस्तमा शुरु भई १६ अगस्तमा समापन हुने महोत्सवमा विश्वभरका १५० चलचित्र प्रदर्शनी भएका थिए ।

महोत्सव विभिन्न देशका चलचित्रकर्मीबीच विभिन्न सेसनमा अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

????????????????????????????????????
क्यालिफोर्निया निवासी भारतीय मुलका धनाढ्य रोमेश झाप्राको सक्रियतामा दुई दशक अघिदेखि सन्फ्रान्सिस्कोमा हुँदै आएको भारतीय फिल्म महोत्सवलाई यसपटकबाट ग्लोबल गरिएको हो ।

झाप्राले नेपाली फिल्म र कलाकारहरुको सहभागिताले महोत्सव सफल पार्न महत्वपुर्ण भूमिका खेलेको बताए ।

उनले भने, “सुनिल थापा नेपाल र नेपालीको मात्रै कलाकार हैनन उनी ग्लोबल कलाकार हुन् । उनलाई सम्मान गर्न पाउँदा हामी खुशी छौं ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>