रमझमबिहीबार, भाद्र ३, २०७२

करेन्ट लाग्ला?

हिमालखबर

गायिका प्रशंसा श्रेष्ठको ‘सातो जान्छ’, ‘यो बन्द आँखामा’, ‘तिमी–तिमी छौ’ जस्ता गीत राम्रै चलेका थिए।

हालै उनले बेलायती गायिका एली गोल्डिङको ‘लभ मी लाइक यु डु’ गीतलाई शीर्ष गीतका रूपमा गाएर त्यसको म्युजिक भिडियो समेत बनाएकी छिन्। तर, यतिवेला प्रशंसाको ‘करेन्ट लाग्ला’ गीत रुचाइएको छ। जुन उनको दोस्रो अल्बम ‘भ्याम्पायर’ सँगै सार्वजनिक हुनेछ।

अडियो मात्रै सार्वजनिक गरिएको उक्त गीतको भिडियो पनि चाँडै आउँदैछ। “सुटिङ सकिइसक्यो, अब चाँडै अल्बमसहित म्युजिक भिडियो सार्वजनिक गर्नेछु”, उनी भन्छिन्।

सामाजिक सञ्जालमा पोस्ट गरिएका सुटिङका तस्वीरमा प्रशंसालाई ‘बोल्ड’ देखिएको छ। भिडियोमा गीत अनुसारकै हाउभाउ र नृत्य कला देखाउन खोजेको बताउने उनले गीतमा भनिए झै के साँच्चीकै करेन्ट लगाउन सक्लिन् त?

Prashamsha IMG_8189 IMG_8191 Prashamsha (2)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>