Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एकान्त संवाद - Himalkhabar.com

रमझमबिहीबार, भाद्र ३, २०७२

एकान्त संवाद

हिमालखबर

_MG_8489२२ साउनदेखि राजधानीको लाजिम्पाटस्थित थिएटर भिलेजमा शुरु भएको नाटक तीन एकान्त फरक अवस्थाका तीन व्यक्तिको कथा हो।

पछिल्लो समय कोर्ट मार्शल, थर्टी डेज इन सेप्टेम्बर जस्ता चर्चित नाटक निर्देशन गरेका अनुप बराल निर्देशित यो नाटक निर्मल बर्माको तीन अलग अलग कथामा आधारित छ।

नाटकका एक्ला पात्रहरू आफन्त अभावमा अपरिचितसँग खुल्छन्। असफल वैवाहिक सम्बन्धका कारण निराश महिला, श्रीमतीले विश्वास नगरेकोमा दुःखी पुरुष र आफूले मन पराएको व्यक्ति छोरीको बाबु भएकाले प्रेमीसँग टाढिएकी युवतीको कथा छ। पात्रहरू निराश भए पनि उनीहरूको तार्किक संवादले दर्शकलाई एकाग्र तुल्याउँछ।

“नाटकमा सम्बन्धमा आउने उतार–चढावका कारण जीवनमा आइपर्ने समस्या देखाइएको छ”, निर्देशक बराल भन्छन्, “वयस्कका लागि यो नाटक रुचिकर लाग्न सक्छ।”

कथालाई नाट्यरुपान्तर भने आशान्त शर्माले गरेका हुन्। नाटकमा शर्मासँगै दिया मास्के, मेनुका प्रधान र सुरज मल्लको अभिनय छ।

८ भदौसम्म चल्ने यो नाटकमा सेट व्यवस्थापनमा विभिन्न प्रयोग पनि गरिएको छ।

11836786_991539634224234_3076472514873205900_n _MG_8428 _MG_8454

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>