थप समाचारशुक्रबार, भाद्र ४, २०७२

आन्दोलनकारीले थरुहट प्रदेश घोषणा गरे

हिमालखबर

5थरुहट स्वायत्त प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीले सडकबाटै ‘थरुहट स्वायत्त प्रदेश’ घोषणा गरेका छन् ।

१० दिनदेखि जारी आन्दोलनलाई वेवास्ता गरिएको भन्दै स्थानीय तहबाटै थरुहट प्रदेश घोषणा गरिएको छ । उनीहरुले बाँकेको कोहलपुरलाई प्रादेशिक राजधानी भएको पनि घोषणा गरे ।

जिल्लास्थित विभिन्न सरकारी कार्यालय पुगेर उनीहरुले थरुहट प्रदेश लेखेका छन् । प्रदेश घोषणा कार्यक्रममा गृहमन्त्री बामदेव गौतमको पुत्ला समेत जलाएका थिए । आन्दोलनकारीले नेपालगञ्ज उपमहानगरपालिका र मालपोत कार्यालयमा ढुंगामुडा प्रहार गरेका थिए ।

केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>