Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सीमाकंनसहित सात प्रदेशमा सहमति - Himalkhabar.com

थप समाचारशुक्रबार, भाद्र ४, २०७२

सीमाकंनसहित सात प्रदेशमा सहमति

हिमालखबर

map2शीर्ष नेताहरु सम्मिलित विशेष समितिले सीमाकंनसहित सात प्रदेशको संघीयतामा सहमति जुटाएको छ ।

१६ बुंदे सहमतिको सहयात्री मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारको असहमतिका बावजुद तीन दलका शीर्ष नेताहरुले गरेको सहमतिमा यसअघि २३ साउनमा गरेको सहमति अनुसारका प्रस्तावित ६ वटा प्रदेशलाई अाधार मानेर प्रदेश नं. १, २, ३, ४ र ५  लाई यथावतै राखिएको छ । तर, २ नम्बर प्रदेशमा रहेको पर्साको ठोरी गाविसलाई भने राजधानीसहितको प्रदेश नं. ३ मा गाभिएको छ ।

त्यसैगरी प्रदेश नम्बर ६ लाई कर्णाली नदीको पूर्व र पश्चिम गरी दुई प्रदेश बनाइएको छ । प्रदेशहरुको विस्तृत सीमाकंनको जिम्मा भने संघीय आयोगलाई दिने निर्णय भएको एमाओवादी नेता बाबुराम भट्टराईले जानकारी दिए  ।

यसो गर्दा हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, रुकुमको केही भाग, सल्यान, सुर्खेत सहितको ६ नं. प्रदेश बन्ने छ ।

त्यस्तै ७ नं. प्रदेशमा दार्चुला, बझाङ्, बाजुरा, बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्ला पर्नेछन् ।

थ्रेसहोल्ड र धर्ममा अझै सहमति भएन

नेता भट्टराईले शीर्ष नेताहरुबीच थ्रेस होल्ड र धर्मनिरपेक्षताबारे भने सहमति बन्न नसकेको बताए ।

उनले सहमति भइसकेका विषयहरुलाई संविधानसभामा पठाउने र बाँकी विषयमा छलफल गरेर सहमति खोजिने जानकारी दिए ।

“धर्मनिरपेक्षता, थ्रेसहोल्ड सहित केही नागरिकता, महिला र दलितका विषयहरु मिल्न बाँकी छ,” उनले भने,”हामी बीच सहमति हुन सकेन भने असहमतिका बुँदाहरुलाई संविधानसभामै मतदानको प्रक्रियाबाट टुंग्याउने गरी प्रक्रिया शुरु हुन्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>