Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अनेरास्ववियु लोकसेवा होइनः केपी ओली - Himalkhabar.com

थप समाचारशुक्रबार, भाद्र ४, २०७२

अनेरास्ववियु लोकसेवा होइनः केपी ओली

हिमालखबर

kp-sharma-oli_20141228070830नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक योग्यता शैक्षिक मापदण्ड मात्रै नहुने बताएका छन् ।

अनेरास्ववियुको विधान सम्मेलन उद्घाटन गर्दै उनले भने, “राजनीतिमा लाग्नेको मूल्याङ्कन त्याग र निष्ठाका आधारमा हुन्छ, पढेर मात्रै हुँदैन ।” उनले यस्ता विषयमा अनेरास्ववियु अल्मलिन नहुने बताए ।

अखिलमा शैक्षिक योग्यताको बहस चलिरहेका बेला ओलीले भने, “अनेरास्ववियु लोकसेवा होइन, जहाँ शैक्षिक योग्यता र उमेरको मापदण्ड निर्धारण गर्नलाई ।”

३५ बर्ष उमेर नाघेपछि अखिलबाट अवकाश लिनुपर्ने र स्नातक उत्तीर्ण नभएकाले पदाधिकारी हुन नपाउने प्रस्ताव विधानमा उल्लेख गर्नुपर्ने सम्मेलनमा कुरा उठेको छ ।

आजबाट काठमाडौंको किर्तिपुरमा शुरु भएको सम्मेलन दुईदिनसम्म चल्ने सचिवालय सदस्य आरती लामाले बताइन् । उनका अनुसार यो सम्मेलनमा शैक्षिक योग्यता र उमेर हद राख्ने कि नराख्ने बहस चलिरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>