थप समाचारशनिबार, भाद्र ५, २०७२

आन्दोलनकारीले कपिलवस्तुमा तीनवटा गाडी जलाए

हिमालखबर

तस्वीर: गोपाल भण्डारी

तस्वीर: गोपाल भण्डारी

चितवन देखि कंचनपुर सम्म थरुहट मधेश प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएको थरुहट संघर्ष समिति र  मधेशी मोर्चाका कार्यकर्ताहरुले एउटा सरकारी गाडी र दुई वटा निजी गाडीमा आगजनी गरेका छन् ।

आन्दोलनकारीले कोष तथा लेखा नियन्त्रण कार्यालय परिसरमा रहेको बा १ झ ४८४८ नम्बरको मारुती कारमा आगजनी गरेका छन् ।

यसै गरी बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताहरुले फुलिका १ खैराटीमा लु १ ज ९९८ नम्बरको जीपमा आगजनी गरेका छन् ।

चन्द्रौटा कृष्णनगर सडक खण्डको रुद्रपुरमा बा ९ च ७९४१ नम्बरको बोलेरो जीपलाई पनि मोर्चाका कार्यकर्ताहरुले आगजनी गरी पुर्ण क्षति गरको प्रहरी उपरीक्षक विक्रम गुरुङले बताए ।

दुई दिनअघि मात्रै आन्दोलनकारी र स्थानीय प्रशासन बीचमा शान्तिपूर्ण आन्दोलन गर्ने सहमति भएको थियो ।
गोपाल भण्डारी, कपिलवस्तु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...