Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सडकमा महिला बेचविखनको कथा - Himalkhabar.com

खेलकुदशनिबार, भाद्र ५, २०७२

सडकमा महिला बेचविखनको कथा

हिमालखबर

natakभूकम्प गएपछि गाउँमा सुट, टाई, कालो चश्मा लगाएको मान्छे देखिन्छ । विदेशमा ठूलो कम्पनीमा काम गर्ने, भूकम्प गएपछि क्षतिको लगत लिन आएको बताउँदै गाउँलेलाई प्रभावमा पार्छ ।

आफ्नो कम्पनीले एसएलसी पास गरेका युवतीलाई विदेशमा सित्तै पढाइदिने योजना सुनाउँछ । गरिब गाउँलेले शिक्षा र रोजगारीको आशामा छोरी उसकै जिम्मा लगाउँछन् ।

गाउँका युवतीलाई लिएर जान लागेको ऊ भारतीय सीमामा प्रहरीले केरकार गर्न थालेपछि युवतीहरु त्यहीँ छोडेर फरार हुन्छ र युवतीको उद्धार गरिन्छ ।

शनिबार लमजुङ सदरमुकाम बेसीशहर र सुन्दरबजारमा यही कथावस्तु भएको नाटक ‘धतुरेको कथा’ प्रदर्शन गरियो ।

भूकम्पपछि महिला बेचविखनका घटना बढेको भन्दै जनचेतना जगाउन सडक नाटकको आयोजना गरिएको आयोजक सामुदायिक रेडियो मस्र्याङ्दीका अध्यक्ष गमप्रसाद गुरुङ बताउँछन् ।

रेडियोमा यस्तै समसामयिक विषयमा साप्ताहिक नाटक श्रृंखला चलाउँदै आएको मस्र्याङ्दी नाट्य समूहले रेडियोको सहयोगमा नाटक प्रदर्शन गरेको हो ।

उक्त नाटक रेडियोबाट प्रसारण गर्नुका साथै अन्य गाउँहरुमा पनि प्रदर्शन गर्ने तयारी रहेको रेडियो मस्र्याङ्दीका निर्देशक मिना गुरुङले बताईन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>