समाचारशनिबार, भाद्र ५, २०७२
संविधानसभा बैठक डाकियो
संविधान मस्यौदा समितिले नयाँ संविधानको परिमार्जित विधेयक तयार पारेपछि संविधानसभाको बैठक डाकिएको छ ।
संविधानसभा सचिवालयले आज सूचना जारी गर्दै ६ भदौ साँझ ६ बजेका लागि बैठक डाकेको हो ।
सीमाकंनसहितको सात प्रदेशमा प्रमुख तीन दलबीच सहमति जुटेपछि मस्यौदा समितिले नयाँ संविधानको परिमार्जित विधेयक तयार पारी ४ भदौमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाएको थियो ।
भोलि बस्ने बैठकमा मस्यौदा समितिले तयार पारेको संविधानको परिमार्जित विधेयक प्रस्तुत गरिने छ ।
-कपिल भट्ट, काठमाडौं
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
