समाचारशनिबार, भाद्र ५, २०७२
पेट्रोलियम पाइपलाइन बनाउने सम्झौता गर्न भारतीय मन्त्री आउँदै
भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्जसम्म पाइपलाईन मार्फत पेट्रोलियम पदार्थ ल्याउनका लागि ७ भदौमा सम्झौता हुने भएको छ । उक्त सम्झौताका लागि भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधान नेपालको तीनदिने औपचारिक भ्रमणमा ६ भदौमा काठमाडौं आउँदै छन् ।
वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा र भारतका मन्त्री प्रधानले आगामी सोमबार, ७ भदौमा पेट्रोलियम पाइपलाइन विस्तारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
सम्झौता भएको ३० महिनाभित्र निर्माण कार्य सक्ने लक्ष्य लिइएको उक्त पाइपलाइन निर्माणमा भारत सरकारको सहयोग रहनेछ ।
४१ किलोमिटर लामो उक्त पाइपलाइन पाइपलाइन निर्माणपछि ढुवानी भाडा कम हुने, चुहावट नियन्त्रण हुने, मूल्य घट्ने र पेट्रोलियम पदार्थको अभाव समेत हट्ने मन्त्रालयको भनाइ छ ।
भारतको रक्सौलबाट नेपालको अमलेखगञ्जसम्म पाइपलाइन मार्फत पेट्रोलियम पदार्थ ल्याउने सम्बन्धमा २० वर्षअघि देखि छलफल हुँदै आएको थियो ।
पाइपलाइन निर्माणका लागि भारतले दुई अर्ब र नेपालले ७५ करोड भारतीय रुपैयाँ लगानी गर्ने उक्त पाइपलाईन निर्माणपछि प्रति घण्टा २ सय किलोलिटर पेट्रोलियम पदार्थ नेपाल आउनसक्ने छ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
