Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
समूह विजेताका लागि नेपाल बङ्गलादेशसँग भिड्दै - Himalkhabar.com

खेलकुदआइतबार, भाद्र ६, २०७२

समूह विजेताका लागि नेपाल बङ्गलादेशसँग भिड्दै

हिमालखबर

saafअखिल नेपाल फुटबल संघले आयोजना गरेको १९ वर्ष मुनिको साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा समूह विजेताका लागि नेपाल ७ भदौमा बङ्गलादेशसँग भिड्दैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको फुटबल खेल मैदानमा दिउँसो ३ः३० बजेदेखि नेपालले बङ्गलादेशको सामना गर्नेछ । जारी प्रतियोगितामा नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

५ भदौमा भएको खेलमा बङ्गलादेशले भुटानलाई २–० ले गोलअन्तरले पराजित गरेपछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

त्यस्तै, भुटान भने लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा भुटान नेपालसँग १–३ गोलअन्तरले पराजित भएको थियो । जारी प्रतियोगितामा नेपाल र बङ्गलादेशले समान ३/३ अङ्क जोडेका छन् । दुवै टोली समूह विजेताका लागि भिड्नेछन् ।

सार्कका छ देशले भाग लिएको उक्त प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित बङ्गलादेश र भुटान छन् । त्यसैगरी समूह ‘बी’ मा माल्दिभ्स, भारत र अफगानिस्तान परेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>