Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बाबुछोरीले नै गिनिजमा नाम लेखाए - Himalkhabar.com

रमझमआइतबार, भाद्र ६, २०७२

बाबुछोरीले नै गिनिजमा नाम लेखाए

हिमालखबर

-बुद्धवीर बाहिङ, सोलुखुम्बु

निमाछम्जी शेर्पा

निमाछम्जी शेर्पा

सोलुखुम्बुको गुदेल–४ सानामका बाबुछोरी देण्डी र निमाछम्जी शेर्पाले सगरमाथा आरोहणको इतिहासमा गिनिज वल्र्ड रेकर्डस्मा नाम लेखाएका छन् ।

छोरी निमाछम्जीले सगरमाथा आरोहण गर्ने विश्वकै कान्छी आरोहीको रुपमा कीर्तिमान राखेकी हुन् भने देण्डीले बाबुछोरी एकसाथ चुचुरा टेक्ने पहिलो व्यक्ति बनेका हुन् ।

देण्डी शेर्पा

देण्डी शेर्पा

बाबुछोरीले ६ जेठ २०६९ मा रोयल अर्किड ट्रेकिङ एण्ड एक्सपीडिसनबाट सगरमाथाको सफल आरोहण गरेका थिए ।

आरोहण समयमा निमाछम्जी १६ वर्ष ६ महीनाकी थिइन् । आरोहणलगत्तै गिनिज वल्र्ड रेकर्डस्मा आवश्यक कागजात पठाए पनि प्रमाणपत्र भने दुईसाताअघि मात्रै हात परेको देण्डीले बताए ।

चारपटक सगरमाथाको सफल आरोहण गरिसकेका देण्डी पथप्रदर्शक तथा क्लाइमिङ शेर्पाको रुपमा काम गरिरहेका छन् ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>