थप समाचारआइतबार, भाद्र ६, २०७२
बर्दियामा झडप, प्रहरी र केही अान्दाेनकारी घाइते
बर्दियाको सदरमुकाम गुलरीयामा आन्दोलनरत थरुहट संघर्ष समितिका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
थरुहट पक्षधरले जिल्ला प्रशासन कार्यालयमा सुरक्षार्थ प्रहरीलाई लठ्ठी प्रहारी गरी घुसपैठ गर्न खोज्दा प्रहरीले लाठी चार्ज गरेको प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कुँवरले बताए ।
उनले भने, “आन्दोलनकारीको आक्रमणबाट एक जना प्रहरी घाईते भएका छन् ।”
प्रहरीले भिडलाई तितर वितर गर्न लाठी चार्ज र केही सेल अश्रुग्याँस प्रहार गरेको छ । प्रहरीको लाठी चार्ज बाट केही आन्दोलनकारी घाईते भएका छन ।
थरुहट प्रदेशको माग गर्दै १३ दिनअघि शुरु भएको आन्दोलन यसअघि बर्दियामा शान्तिपूर्ण नै थियो । अहिले थरुहटको आन्दोलनलाई मधेशी मोर्चाले पनि समर्थन गरेको छ ।
बन्दका कारण कुनैपनि यातायातका साधन चलेका छैनन् भने बजार, कलकारखाना समेत ठप्प छन् ।
-भावुक योगी, बर्दिया
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>