थप समाचारआइतबार, भाद्र ६, २०७२
अन्नपूर्ण पोष्टको गाडी तोडफोड, घटनाबारे बुझ्ने महतोको भनाई
अन्नपूर्ण पोष्ट दैनिकको पत्रिका बोक्ने भ्यानमा आन्दोलनकारीले तोडफोड गरी पत्रिका लुटेका छन् ।
सुनसरीको इटहरीस्थित प्रेसबाट पत्रिका बोकेर विराटनगर आइरहेको को १ ग १७३५ नम्बरको गाडीलाई दुहवीमा पाँच/छजना बन्दकर्ताले जबर्जस्ती रोकी गाडीको सिसा फोडेको र ३०० भन्दा बढी प्रति पत्रिका लुटेर लगेको पत्रिकाका क्षेत्रीय प्रमुख रोशन घिमिरेले जानकारी दिए ।
बन्द आयोजक मध्येको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने प्रेसको गाडीलाई रोक्ने कुनै नीति नरहेको बताए ।
आजै विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भूलबस त्यसो भएको हुनसक्ने र आफूले यसबारे थप बुझ्ने बताएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
