Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विद्यार्थीको आन्दोलनपछि विद्यालय खुल्यो - Himalkhabar.com

थप समाचारआइतबार, भाद्र ६, २०७२

विद्यार्थीको आन्दोलनपछि विद्यालय खुल्यो

हिमालखबर

थरुहट प्रदेशको माग गर्दै दुई सातादेखि बन्द भएको बर्दियाका विद्यालयहरु आजबाट खुलेको छ ।

पढ्न पाउनुपर्ने मागसहित शान्तिपूर्ण आन्दोलनमा विद्यार्थीहरु सडकमा निस्किएपछि आन्दोलनकारीले विद्यालय बन्द खुलाएका हुन् । चितवनदेखि कञ्चनपुरसम्मको थरुहट प्रदेश माग्दै आन्दोलन जारी राखेका आन्दोलनकारीले विद्यालय खोल्ने अनुमति दिएपछि विद्यालय खुलेको हो ।

आन्दोलनकारीले विद्यार्थीका लागि विहान र बेलुका विद्यालय आउनेजाने समयका लागि सवारी साधन सञ्चालन गर्न दिने जनाएको छ । थरुहट नगर संघर्ष समितिका संयोजक बीरबहादुर चौधरीले पत्रकार सम्मेलन गर्दै भने, “विद्यालय बाहेक अरु बन्द कायम छ ।”

थारुहरुको बन्दलाई संयुक्त मधेशी मोर्चाले समर्थन जनाएपछि आन्दोलन भने थप चर्किएको छ ।

-भावुक योगी, बर्दिया

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>