समाचारआइतबार, भाद्र ६, २०७२
रुकुममा आन्दोलन चर्कियो, निषेधित क्षेत्र घोषणा

तस्वीर: लक्ष्मण केसी
प्रदेशहरुको सीमाङ्कनप्रति असहमति जनाउँदै रुकुममा जारी आन्दोलन हिंसात्मक हुन थालेको भन्दै जिल्ला प्रशासन कार्यालयले सदरमुकाम मुसिकोटलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रदेशहरुको सीमाङ्कन गर्दा रुकुम जिल्लालाई टुक्राउन नहुने र राप्ति अञ्चलसँग एकीकृत राखिनुपर्ने माग गदै भइरहेको आन्दोलनमा आज आन्दोलनकारीले एमाओवादी कार्यालयमा ढुंगामुढा समेत गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालय नजिकै रहेको एमाओवादी कार्यालयमा ढुंगामुढा भएको र थप कार्यालयहरुमा पनि आक्रमण हुनसक्ने भएपछि सुरक्षा सतकर्ता बढाइएको जिल्ला प्रशासन कार्यालय रुकुमले जनाएको छ ।

तस्वीर: लक्ष्मण केसी
रुकुमको सदरमुकाम मुसिकोट बजार क्षेत्रलाई अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको हो । प्रदर्शनकारीहरुले सडकमा टायरबालेर प्रदर्शन गरिरहेका छन् भने जिल्लामा यातायात, शिक्षण संस्था, बजार ठप्प छन् ।
रुकुमलाई टुक्राएर पश्चिमी भाग ६ नं. प्रदेशमा र पूर्वी भाग ५ नं. प्रदेशमा रहने गरी सीमाङ्न गरिएपछि रुकुमबासीले एकीकृत रुकुम ५ नं. प्रदेशमा राखिनुपर्ने माग गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
