समाचारसोमबार, भाद्र ७, २०७२
संविधान निर्माणमा सहभागी बन्न प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रको नाममा सम्बोधन गर्दै संविधानसभाबाटै समस्याको हल खोज्न आन्दोलनकारी शक्तिहरुलाई आग्रह गरेका छन् ।
उनले राष्ट्रिय एकता र मेलमिलापको जगमा आपसी वार्ता, सहमति, सहकार्यका माध्यमबाट हालसम्म प्राप्त लोकतान्त्रिक उपलब्धिहरुलाई संस्थागत गर्नुपर्ने बताए ।
प्रधानमन्त्री कोइरालाले भने, “सविधानसभामार्फत संविधान निर्माणको महाअभियानमा सरिक हुन संविधानसभाभित्र र बाहिर रहनु भएका राजनीतिक दल, नागरिक समाजसहित समस्त नेपालीहरुमा आग्रह गर्छु ।”
प्रधानमन्त्री कोइरालाले ६ भदौ साँझ देशवासीका नाममा सन्देश दिदै भने, “राष्ट्र हामी सबैको साझा हो, राष्ट्रको कुनै अंग दुख्दा राष्ट्रिय पीडा बन्दछ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
