समाचारसोमबार, भाद्र ७, २०७२
चार विश्वविद्यालयमा उपकुलपति नियुक्ति
प्रधानमन्त्री सुशील कोइरालाले चार विश्वविद्यालयमा उपकुलपति नियुक्ति गरेका छन् ।
विश्वविद्यालयको कुलपति एवम् प्रधानमन्त्री कोइरालाले त्रिभुवन विश्वविद्यालयमा प्रा. डा. तीर्थ खनिया, नेपाल संस्कृत विश्वविद्यालयमा कुलप्रसाद कोइराला, पूर्वाञ्चल विश्वविद्यालयमा घनश्यामलाल दास र सुदूरपश्चिम विश्वविद्यालयमा भूषण श्रेष्ठलाई नियुक्ति गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताए ।
उपकुलपतिविहीन मुलुकका सात विश्वविद्यालयमध्ये चारवटामा नियुक्तिका लागि शिक्षामन्त्री चित्रलेखा यादवको संयोजकत्वमा रहेको समितिले प्रधानमन्त्री सुशील कोइरालालाई सिफारिस गरेको थियो । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
