समाचारसोमबार, भाद्र ७, २०७२

कैलालीमा हिंसा, एसएसपीसहित ६ जना प्रहरी मारिए (अपडेट)

हिमालखबर

dd

कैलाली भिडन्तमा घाइते अान्दाेलनकारीहरु । तस्वीरः शिव दाहालकाे ट्वीटबाट

आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा कैलालीमा एसएसपीसहित ६ जना प्रहरीको मृत्यु भएको छ ।

SSP

एसएसपी लक्ष्मण न्यौपाने । तस्वीरः पत्रकार किशाेर श्रेष्ठकाे फेसबुकबाट

आन्दोलनकारीको आक्रमणमा परी सेती अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपाने, इन्सेक्टरद्वय बलराम विष्ट र केशब बोहराको मृत्यु भएको छ । प्रहरी जवान लाेकेन्द्र चन्दलगायत ६ जनाकाे मृत्यु भएकाे डीअाईजी रामकुमार खनालले हिमालखबरलाई जानकारी दिए ।

अान्दाेलनकारीकाे अाक्रमणबाट एक जना सशस्त्र प्रहरी हवल्दारकाे पनि मृत्यु भएकाे सशस्त्र प्रहरी मूख्यालयले जनाएकाे छ ।

मुनुवाबाट टिकापुरतर्फ अाएका अान्दाेलनकारीहरुले टिकापुरमा लगाइएकाे निषेधाज्ञा ताेड्दै पशुहाट छेऊ प्रहरीसँगकाे भिडन्तमा भाला, बञ्चराेकाे प्रयाेग गर्दै प्रहरी अधिकारीहरुकाे हत्या गरेका थिए । प्रहरीबाट चलाइएकाे गाेली लागेर अान्दाेलनकारीतर्फ पनि ठूलाे हताहती भएकाे छ ।

अहिलेसम्म १ जना अान्दाेलनकारीकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

सञ्चारसेट बाेकेका प्रहरीहरु सम्पर्कमा नरहेकाे र वास्तविक क्षति अाउन सकेकाे छैन । घटनास्थलमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीकाे पनि टाेली रहेकाे बुझिएकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>