समाचारसोमबार, भाद्र ७, २०७२

प्रहरीले फायरिङ गरेपछि अप्रिय घटनाः रामजनम चाैधरी

हिमालखबर

ramjanamटीकापुर नगरपालिका र त्यस आसपासका गाविसहरुमा रहेका सरकारी कार्यालयहरुमा थारुहट/थारुवान स्वायत्त प्रदेशको बोर्ड लेख्ने कार्यक्रम थियो ।

त्यस क्रममा गाविसमा लेखि भ्याएर टीकापुर नपामा लेख्नका लागि ८–१० हजारको संख्यामा हिँडेका आन्दोलनकारीलाई चिमल चौराहा भन्ने स्थानमा प्रहरीले रोक्न खोज्दा स्थिति भड्किएको थियो ।

प्रहरीलाई धकेलेर अघि बढ्दै गर्दा टीकापुर नपाको शंकरपुर भन्ने ठाउँमा प्रहरीले पुनः रोक्यो । निषेधित क्षेत्र नतोड्न माइकिङ गर्‍यो । तर आन्दोलनकारीले प्रहरीको त्यो घेरा समेत तोडेर अघि बढ्दा प्रहरीले फायरिङ गर्‍यो । त्यसपछि आन्दोलनकारीहरु प्रहरीमाथि जाइलाग्दा अप्रिय घट्ना हुन पुग्यो ।

आन्दोलनकारीमध्ये ५ जनाको पेटमा गोली लागेकाे छ । उनीहरु गम्भीर घाइते छन् । अन्य दुइ दर्जन जतिको खुट्टामा गोली लागेको प्रारम्भिक सूचना पाएका छाै‌ ।

(कैलाली क्षेत्र नम्बर ३ बाट निर्वाचित सभासद्  एवम् मधेशी जनाधिकार फाेरम (लाेकतान्त्रिक)का महासचिव चाैधरीसँग गरिएकाे फाेन बार्ता)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>