समाचारसोमबार, भाद्र ७, २०७२
कैलालीमा सेना परिचालन गर्न निर्देशन
हिंसा भड्किएको कैलालीको टीकापुर, रौतहटको गौर र सर्लाहीको मलंगवामा सेना परिचालन गर्न निर्देशन दिएको गृहमन्त्री बामदेव गौतमले जनाएका छन् ।
उनले ७ भदौको व्यवस्थापिका–संसदको बैठकलाई यस्तो जानकारी दिएको सांसद पीके राईले बताए । कैलालीमा आन्दोलनकारीको आक्रमणमा एसएसपीसहित ७ जनाको मृत्यु भएको र अन्य दुई जिल्लाको आन्दोलन हिंसात्मक बन्दै गएकाले सेना परिचालन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको गृहमन्त्री गौतमले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
