समाचारसोमबार, भाद्र ७, २०७२
कैलाली अपडेटः सशस्त्र प्रहरीका दुई हवल्दारको मृत्यु
कैलालीको टीकापुरमा थारुहट आन्दोलनमा हिंशा भड्कँदा सशस्त्र प्रहरीका दुई हवल्दारको मृत्यु भएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।
प्रवक्ता डीआईजी पुष्पाराम केसीका अनुसार उग्रतारा गण टीकापुरमा कार्यरत हवल्दारद्धय ललीत साउद र रामविहारी थारूको आन्दोलनकारीको आक्रमणमा परी मृत्यु भएको हो ।
हजारौंको संख्यामा रहेका आन्दोलनकारीले घेरा हालेर प्रहरीमाथि आक्रमण गरेको उनले बताए ।
प्रहरी युनिट र ड्युटीमा रहेका प्रहरीमाथि एकैपटक आक्रमण भएको बताउँदै उनले अहिले स्थिति नियन्त्रणमा आइसकेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
