समाचारसोमबार, भाद्र ७, २०७२

गौरमा कर्फ्यू

हिमालखबर

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा भएको आन्दोलनको क्रममा स्थिति तनावग्रस्त भएपछि रौतहट सदरमुकाम गौरमा कर्फ्यू आदेश जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज दिउँसो ४:३० बजेबाट भोलि बिहान ५ बजेसम्म गौर नगरपालिका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो ।

मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच रौतहट सदरमुकाम गौरमा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले गौर नगरपालिकाको सबै वडामा लागु हुने गरी निषेधाज्ञा आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।

आज अपराह्न बन्दकर्ताहरुले ढुङ्गामुढा गरी जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयको झ्यालका सिसा फुटाएपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

भीडलाई तितरवितर पार्न सुरक्षाकर्मीले चार सेल अश्रुग्यास प्रहार गरेको छ ।

अहिले पनि बन्दकर्ता सो क्षेत्रवरपर रहेको र सम्भावित घटनालाई ध्यानमा राख्दै सदरमुकाम गौरका विभिन्न सरकारी कार्यालयमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>