समाचारसोमबार, भाद्र ७, २०७२

दङ्गा नियन्त्रणका लागि सेना परिचालन गर्न आदेशः गृहमन्त्री गौतम

हिमालखबर

सरकारले केही जिल्लाको शान्तिसुरक्षाको दृष्टिगत गरी दङ्गा नियन्त्रणका लागि नेपाली सेना परिचालन गर्न आदेश दिएको छ ।

कैलाली घटनापछि काठमाडौंमा बसेको सुरक्षा समितिको बैठकले कैलाली, सर्लाही, रौतहट लगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई स्थानीय प्रशासन ऐनअनुरुप सेना परिचालनको आदेश दिएको उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले व्यवस्थापिका–संसद्‌मा जानकारी दिएका हुन् ।

कैलालीको टीकापुरमा घटेको घटनाका बारेमा सदनलाई जानकारी दिँदै उनले नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने सहितका प्रहरीको हत्या भएको जानकारी दिए ।

यसैगरी प्रदर्शनकारीले रौतहटको गौरमा प्रदर्शनी गरिरहेको र उनीहरुले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र अदालतमाथि आक्रमण गरेको उनले सदनलाई जानकारी गराए ।

यसैगरी सर्लाहीको मलङ्गवामा पनि प्रदर्शनकारीले प्रदर्शन गरिरहेको जानकारी गराउँदै उनले संविधान जारी गर्ने अन्तिम समयमा आएर जातीय र क्षेत्रीय सद्भाव नभड्काउन आह्वानसमेत गरे ।

उनले षडयन्त्रपूर्ण खेलका रुपमा घटना घटाइएको, जातीय सद्भाव भड्काउने, साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने घटना भएकाले सार्वभौमसत्ता सम्पन्न सदनले आज नै देशवासीलाई संयमित रहन आग्रह गरेर आह्वान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>