समाचारसोमबार, भाद्र ७, २०७२

सात सुरक्षाकर्मी र एक बालककाे मृत्यु पुष्टिः प्रजिअ (टीकापुर अपडेट)

हिमालखबर

कैलालीको टीकापुरमा थरूहट आन्दोलनमा हिंसा भड्कँदा नेपाल प्रहरीका एसएसपीसहित ७ जना सुरक्षाकर्मी र दुई बर्षीय बालककाे मृत्यु भएकाे छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठका अनुसार नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट, केशव बोहरा र प्रहरी जवानद्वय लोकेन्द्र चन्द र लक्ष्मण खड्काको आन्दोलनकारीको आक्रमणमा परी मृत्यु भएको हो ।

त्यस्तै सशस्त्र प्रहरीको उग्रतारा गण टीकापुरमा कार्यरत हवल्दारद्वय ललित साउद र रामविहारी थारू पनि मारिएका छन् । प्रजिअ श्रेेष्ठका अनुसार दुई वर्षीय बालक टेकबहादुर साउदकाे पनि मृत्यु भएकाे छ ।

सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी पुष्पराम केसीले पनि आफ्नातर्फ दुई जना मारिएको पुष्टी गरे । यद्यपी विभिन्न स्रोतलाई उद्धृत गर्दै मृतक प्रहरीको संख्या फरक-फरक बताइएको छ । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालका अनुसार घटनामा १७ प्रहरी र तीन आन्दोलनकारीको मृत्यु भएको छ । यद्यपी मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पनि मृतकको संख्या निश्चित भइनसकेको बताएका थिए।

उता कैलालीका सहायक प्रजिअ उदयबहादुर सिंहले भने आफ्नो जानकारीमा ७ जना सुरक्षाकर्मीको मृत्यु भएको बताएका छन् ।

घटनामा २१ जना सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरू घाइते भएका छन् ।

टीकापुर अस्पतालमा उपचार भइरेका उनीहरूलाई थप उपचारका लागि काठमाडौं लैजान हेलिकप्टर मगाइएको सहायक प्रजिअ सिंहले जानकारी दिए ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर–३ मा पर्ने शंकरपुर भन्ने ठाउँमा उक्त घटना भएको हो ।

सोही क्षेत्रका निर्वाचित सभासद रहेका मधेशी जनअधिकार फोरम (लोकतान्त्रीक) का महासचिव रामजनम चौधरीले टीकापुर नगरपालिका र आसपासका गाविसमा रहेका सरकारी कार्यालयहरूमा थारुहट÷थारुवान स्वायत्त प्रदेशको बोर्ड लेख्न हिँडेका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा दुखद घटना हुन पुगेको बताए ।

उनले पेटमा गोली लागेर पाँच जना र खुट्टामा गोली लागेर २४ जना आन्दोलनकारी घाइते भएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>