समाचारसोमबार, भाद्र ७, २०७२

तीन जिल्लामा सेना परिचालन

हिमालखबर

कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनापछि सरकारले सेना परिचालन गर्ने निर्णय गरेको छ ।

केन्द्रिय सुरक्षा समितिले गरेको निर्णय अनुसार आवश्यक भएका ठाउँमा जिल्ला सुरक्षा समितिले निर्णय गरी सेना परिचालन गर्न सक्नेछ । सैनिक प्रवक्ता सहायकथरी जगदीशचन्द्र पोखरेलले हिमालखबरसँग भने, “हामी परिचालनका लागि तयारी अबस्थामा छौं, जिल्ला सुरक्षा समितिले निर्णय गरेमा परिचालन हुन्छौं ।”

सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषदको सिफारिशमा मन्त्रिपरिषदले निर्णय गर्ने कानूनी व्यवस्था भएपनि टीकापुर घटनालाई मध्यनजर गर्दै यो निर्णय लिने जिम्मा जिल्ला सुरक्षा समितिलाई दिइएको हो ।

स्थानीय प्रशासन ऐन अनुसार जिल्लामा अमनचैन राख्न जिल्ला सुरक्षा समितिले निर्णय गरी सेना पचिालन गर्न सक्छ । मुख्यतः कर्फ्यु जारी गर्ने अबस्थामा यसरी सेना परिचालन गर्ने अभ्यास छ ।

केन्द्रीय सुरक्षा समितिले कैलालीसँगै सम्भावित हिंसात्मक अबस्थाको खतरा भएका रौतहट र सर्लाहीमा पनि सेना परिचालन गर्ने निर्णय गरेको जानकारी गृहमन्त्री समितिका अध्यक्ष एवम् गृहमन्त्री वामदेव गौतमले दिएका छन् ।

सैनिक प्रवक्ता पोखरेलले भने, “हामी तयारी अबस्थामा छौं, तर परिचालित भइसकेका छैनौं ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>