समाचारसोमबार, भाद्र ७, २०७२

तीन दल बैठकः कैलाली घटनाबारे छलफल

हिमालखबर

आठ जनाको मृत्यु हुने गरी कैलालीमा भड्किएको हिंसापछि बसेको तीन दलको बैठकले आन्दोलनकारीहरुलाई संयमित रही आफ्ना मागहरु लोकतान्त्रिक विधिबाट नै राख्न आग्रह गरेको छ ।

संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको तीन दलका शीर्षनेताहरुको बैठकमा आज घटनाबारे छलफल भएको तर, विस्तृत विवरण आइनसकेकाले भोली, ८ भदौ विहान पुनः गम्भीर छलफल गरिने तय भएको बैठकमा सहभागी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।

उनले सबै पक्षलाई संयमित हुन आग्रह गर्दै भने, “संविधान निर्माणका क्रममा आफ्ना माग समावेश गराउन हिंसा होइन वार्ता र छलफल नै उपयुक्त विधि हो ।”

उत्तेजक र हिंसा भड्काउने अभिव्यक्ति दिने नेताहरु समेतमाथि छानविन गर्नु जरुरी रहेको नेता पौडेलको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>