Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
निन्दनीय हिंसा, संयम जरुरी (सम्पादकीय) - Himalkhabar.com

समाचारसोमबार, भाद्र ७, २०७२

निन्दनीय हिंसा, संयम जरुरी (सम्पादकीय)

हिमालखबर

कैलालीको टीकापुर नगरपालिका र मुनुवा गाविसको सीमामा पर्ने पशु हाटबजारनजिक भड्किएको हिंसामा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित सात जना सुरक्षाकर्मीको मृत्यू भएको पुष्टि भइसकेको छ ।

टीकापुरभन्दा पश्चिमको मुनुवातर्फबाट आएका थरुहट पक्षीय हजारौंको भीड र प्रहरीबीच ७ भदौे दिउँसो साढे एक बजे भएको मुठभेडसँगै भड्किएको हिंसामा एक जना नाबालकको ज्यान गएको पुष्टि भएको छ ।

घटनाको प्रकृतिका आधारमा हताहती संख्या बढ्ने संभावना व्यक्त गरिँदैछ ।

संविधानको मस्यौदामा किटान गरिएको प्रादेशिक सिमाङ्कनमा असहमत थरुहट पक्षधर समुह दुईसाताबाट आन्दोलित थियो ।

शुरुको ६ प्रदेशको प्रादेशिक खाका परिवर्तन गरेर ७ प्रदेशसहितको संविधानको विधेयक संविधानसभामा पेश हुँदा पनि आफ्नो माग नसमेटिएपछि दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरि थारुबहुल जिल्लाको छुट्टै प्रदेश बनाउन भन्दै भईरहेको आन्दोलन चर्केको थियो ।

थरुहट आन्दोलनमा मधेशकेन्द्रित दलका नेताहरु पनि स्थितीलाई उत्तेजक बनाउन सकृय देखिएका छन्

संविधान निर्माण प्रकृयालाई गतिशिल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार अहिले हिंसा भड्किएको क्षेत्रलाई त्यसपूर्वको प्रदेश–५ मा मिसाउनुपर्नेमा जोड दिदैआएका थिए ।

तर, नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका उपल्लो तहका नेताहरु ‘सुदुरपश्चिमाञ्चल विकास क्षेत्र टुक्र्याउन पाईन्न’ भन्दै दुई वर्ष अघिबाट चर्किएको ‘अखण्ड सुदूरपश्चिम’ नामक अराजक आन्दोलनको दबाबमा पर्दा थारु समुदायलाई चित्त बुझउने गरि सम्बोधन हुन सकिरहेको छैन ।

७ भदौमा टीकापुर र त्यस आसपासका गाविसका सरकारी कार्यालयहरुमा ‘थरुहट÷थारुवान स्वायत्त प्रदेश’ लेख्ने कार्यक्रम थियो ।

त्यस अनुसार गाविसहरुमा लेखिसकेर टीकापुर नपातिर लागेका ठूलो समूहमा रहेका आन्दोलनकारीहरु पशु हाटबजार नजिक पुगेपछि निषेधित क्षेत्र प्रवेश गर्न नदिन खटिएको प्रहरीले निषेधित क्षेत्र नतोड्न माइकिङ गरेको थियो ।

त्यसको वास्ता नगरि अघि बढ्न खोजेका हजारौं आन्दोलनकारी प्रहरीमाथी जाइलाग्दा अप्रिय घट्ना हुन पुग्यो ।

थरुहट आन्दोलनकारीबाट भएको यो हिंसाले अत्यन्त निन्दनीय परिणाम दिएको छ, तर यसको प्रतिक्रिया संयम्भन्दा अर्को विकल्प छैन ।

संघीय नेपालको खाका कोर्दा कम वुद्विमत्ता देखाएका नेताहरु त झ्नै संयमित हुन जरुरी छ ।

किन यसो भन्नुप¥यो भने, घट्नापछि कतिपय उच्च नेताबाट ‘दो टुक’ प्रकृतिको प्रतिकृया आएको देखिएको छ ।

जबकी, सुदुरपश्चिमका वुद्विजिविहरुबाट संयम, सामाजिक सद्भाव र छानविनको माग भईरहेको छ र हुनुपर्ने पनि त्यही हो ।

तर, घट्नाको प्रकृति स्थानीय संयमता नै पर्याप्त हुने तहको छैन र अहिलेसम्म सरकारले जे जति निर्णय गरेको छ, त्यो पर्याप्त छैन ।

वास्तवमा कैलाली घटना भोलिका सम्भावित संकेतको रुपमा देखापरेको छ र यसको वुद्धिमत्तापुर्ण छेकथुनले संघीयतालाई लिएर खास गरेर मध्य र पूर्वी तराईमा भड्किनसक्ने हिंसाको पनि पूर्व नियन्त्रण हुनेछ ।

सरकार र दलहरुको अकर्मण्यताले भने कैलालीमा आगो बाल्न र त्यसमा रोटी सेक्न उद्धत समूहहरुलाई मद्दत गर्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>