Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
देउवाद्वारा कैलाली घटनाको भर्त्सना - Himalkhabar.com

थप समाचारसोमबार, भाद्र ७, २०७२

देउवाद्वारा कैलाली घटनाको भर्त्सना

हिमालखबर

sher_Bahadur_Deubaनेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली घटनाले आफूलाई स्तब्ध भएको बताएका छन् ।

७ भदौ साँझ विज्ञप्ति जारी गरी नेता देउवाले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणको काममा जुटिरहेका बेला विभिन्न समुदायबाट कैलालीको टीकापुरमा सुरक्षा निकायमाथि भएको घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै त्यसको भर्त्सना गरेका छन् ।

“वर्षौदेखि मिलेर बसेका थारु समुदाय एवम् पहाडी समुदायबीचमा दुस्मनी बढाउने र फुट ल्याउने सुनियोजित षड्यन्त्र घृणित, निन्दनीय र आतङ्कवादी चरित्र हो, भ्रातृत्व, सद्भाव र मेलमिलापमा फुट ल्याउने षड्यन्त्रअनुरुप भएको यसखाले घटनालाई निस्तेज पार्दै थारुका अगुवा प्रतिनिधि र राजनीतिक दलबीच भएको सद्भाव फैल्याउने निर्णयअनुरुप मेलमिलापको वातावरण बनाउन र संयमित रहन थारु–पहाडी समुदायलगायत सबैसँग अपिल गर्दछु”–नेता देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले सो घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि साथै शोकसन्तप्त परिवारप्रति समवेदना समेत व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>