Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दाङ पनि दङ्गाग्रस्त क्षेत्र घोषित - Himalkhabar.com

थप समाचारसोमबार, भाद्र ७, २०७२

दाङ पनि दङ्गाग्रस्त क्षेत्र घोषित

हिमालखबर

दाङलाई ७ भदौ साँझ ८ बजेदेखि दङ्गाग्रस्त जिल्ला घोषणा गरिएको छ ।

केहीबेरअघि बसेको सुरक्षा समितिको बैठकले २२ भदौसम्मका लागि जिल्लालाई दङ्गाग्रस्त जिल्ला घोषणा गरेको प्रजिअ लोकनाथ पौडेलले बताए ।

उनका अनुसार दङ्गाग्रस्त क्षेत्रमा पूर्वमा रामपुर गाविस भवनदेखि पश्चिमतर्फ घोराही नगरपालिकासँग जोडिएको लक्ष्मीपुर गाविस, घोराही नगरपालिका र सोको एक किमी आसपासका क्षेत्र, तुलसीपुर नगरपालिका र सोको एक किमी आसपासका क्षेत्र तथा घोराही–तुलसीपुर सडक खण्डबीचको क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको हो ।

त्यसैगरी लमही नगरपालिका, पूर्वपश्चिम राजमार्गअन्तर्गत अमिलियादेखि धानखोलासम्म र गढवा बजारको मूलचोकलाई आधार मानी त्यसको एक किमी वरपरको क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

दङ्गाग्रस्त क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, सभा बैठक, प्रदर्शन, पोस्टर, पर्चा लेख्न वा टाँस्न निषेध गरिएको छ । निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने तथा हिंसात्मक वा विध्वंसात्मक कार्य गरेको देख्नेबित्तिकै सुरक्षाकर्मीले गोली प्रहार गर्न सक्नेछ । दङ्गाग्रस्त क्षेत्रमा सेना परिचालन समेत गर्न सकिनेछ ।

यसअघि कैलाली, रौतहट र सर्लाही जिल्ला दङ्गाग्रस्त क्षेत्र घोषित भइसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>