समाचारमंगलबार, भाद्र ८, २०७२

महोत्तरी: दुई वटा प्रहरी बिट जलाइयो

हिमालखबर

प्रादेशिक सीमाङ्कनको विरोधमा विगत ११ दिनदेखि आन्दोलनमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज, ८ भदौ बिहान महोत्तरीको सदरमुकाम जलेश्वरमा दुई वटा प्रहरी बिट जलाएका छन् ।

दर्जनौंको सङ्ख्यामा रहेका मोर्चाका कार्यकर्ताले जलेश्वरको मटिहानी चोक र बखरी चोकमा रहेको प्रहरीका बिट जलाएका हुन् ।

आज बिहान ५ बजेको समयमा गरिएको आगजनीबाट दुवै बिट पूर्णरुपमा जलेर नष्ट भएको छ ।

आन्दोलनकारीले जलेश्वरको दुई वटा प्रहरी बिटमा आगजनी गरेपछि जलेश्वरको अन्य चोकमा स्थानीय प्रशासनले बाक्लो प्रहरी परिचालन गरेको छ ।

त्यस्तै आज बिहानैदेखि जलेश्वरमा गाउँगाउँबाट आन्दोलनकारीको समूह आउने क्रम बढ्दै गएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>