समाचारमंगलबार, भाद्र ८, २०७२

नेपालगञ्जमा ५ घण्टाका लागि कर्फ्यू हट्यो

हिमालखबर

नेपालगञ्जमा ७ भदौ रातिबाट लगाइएको कर्फ्यु आज, ८ भदौ विहान ९ बजेदेखि पाँच घण्टाका लागि हटाइएको छ ।

आजै दिउँसो २ बजेदेखि भोली, ९ भदौ बिहान ६ बजेसम्म पुनः लाग्ने गरी ५ घण्टाका लागि कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले जानकारी दिए ।

जनजीवन सहज बनाउन र दैनिक उपभोग्य वस्तु किलमेलकालागि ९ बजदेखि दिउँसो २ बजेसम्मका लागि कफर््यु हटाइएको उनले बताए ।

संयुक्त मधेशी मोर्चा र थरुहट संघर्ष समितिको आन्दोलन हिंसात्मक बन्दै गएपछि राँझादेखि जमुनाहा र फुलटेक्रादेखि नन्दनी मिल सम्मको क्षेत्रमा स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको होे ।
केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>