समाचारमंगलबार, भाद्र ८, २०७२

कैलालीको धनगढी, अत्तरिया र टीकापुरमा कर्फ्यू

हिमालखबर

कैलालीमा आज पनि आन्दोलन चर्किन थालेपछि स्थानीय प्रशासनले धनगढी, अत्तरिया र टीकापुर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

धनगढी, टीकापुर र अत्तरिया नगरपालिका क्षेत्रमा बिहान ११ बजेबाट राति ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

टीकापुर क्षेत्रमा हिजैदेखि कर्फ्यू लगाइए पनि थरूहटका कार्यकर्ताहरू सडकमा निस्किएर नारा जुलुस गरिरहेका छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>