समाचारमंगलबार, भाद्र ८, २०७२
सेना परिचालन गरिनुहुन्नः एमाओवादी
एमाओवादीको स्थायी कमिटी बैठकले देशका विभिन्न ठाउँमा भएको आन्दोलनमा राजनीतिक समाधान खोज्नुपर्ने निर्णय गरेको छ ।
बैठकले सेना परिचालन गर्न नहुने निर्णय समेत गरेको छ । गृह मन्त्रालयले कैलालीलगायतका ठाउँहरुमा भइरहेको आन्दोलन हिंसात्मक बन्दै गएको भन्दै सेना परिचालन गर्न सक्ने निर्देशन दिएको भोलिपल्ट एमाओवादीले यस्तो निर्णय गरेको हो ।
समयमै संविधान जारी हुनुपर्ने निर्णय गरेको एमाओवादीले थारु, मधेशी, मगरलगायतको माग सम्बोधन हुनुपर्ने निष्कर्ष निकालेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
