Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नवलपरासीमा यातायात सञ्चालन, जनजीवन सामान्य बन्दै - Himalkhabar.com

थप समाचारमंगलबार, भाद्र ८, २०७२

नवलपरासीमा यातायात सञ्चालन, जनजीवन सामान्य बन्दै

हिमालखबर

nawalparasiपूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल– नारायणगढ सडक खण्डमा आजदेखि यातायात सञ्चालनमा आएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख हरिराज वाग्लेका अनुसार बुटवल भएर पूर्व र उत्तरतर्फ जाने सवारी साधन सञ्चालनमा आएका हुन् ।

लामो समयको बन्दपछि ८ भदौदेखि सवारी साधन सञ्चालनमा आएको हो । पश्चिमाञ्चल बस व्यवसायी समितिले नगर र बुटवलबाट नारायणघाट, काठमाडौँ जाने सवारी सञ्चालनमा आएको जनाएको छ ।

यातायात सञ्चालनसँगै पसल र विद्यालय खुल्न थालेका छन् । कावासोती, बर्दघाट, सुनवललगायतका बजार खुलेका छन् तर सदरमुकाम परासीको बजार खुल्न सकेको छैन ।

केही मधेशकेन्द्रित दल र थरुहट संघर्ष समितिलगायतको आह्वानमा भएको बन्दका कारण परासी बजार खुल्न नसेकेको हो ।

अन्यत्र यातायात र पसल खुल्न थालेकाले जनजीवन सामान्य बन्दै गएको छ ।
“भैरहवा, चन्द्रौटासम्म सवारी साधन निर्वाध चलेका छन्,” वाग्लेले भने, “बन्दपछिको अवस्था सामान्य बन्दै गएको छ ।”

स्थानीय प्रशासनले परासी क्षेत्रलाई ७ भदौ बेलुकीदेखि सात दिनका लागि निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।

विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>