समाचारमंगलबार, भाद्र ८, २०७२
बर्दियाको गुलरीया र राजापुरमा निषेधित क्षेत्र घोषणा
बर्दियाको सदरमुकाम गुलरीया र राजापुर बजार क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको छ ।
थरुहट संर्घष समिति र मधेशी मोर्चाले आह्वान गरेको बन्दको १५ औं दिन स्थानीय प्रशासनले सदरमुकाम गुलरिया र राजापुरलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
सदरमुकाम गुलरीया नगरपालिकाको उत्तरमा कृषि विकास बैंक, सन्तोषी मन्दिर चोक, दक्षिणमा भन्सार रोड, पूर्वमा निलो आयल पेट्रोल पम्प र पश्चिममा बसपार्क देखि मतंगा चौक क्षेत्रलाई निषधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कुँवरले बताए ।
प्रशासनले जारी गरेको निषेधाज्ञा अर्को आदेश जारी नभएसम्म लागि बिहान ११ बजे देखि वेलुका ५ बजे सम्म र राजापुरमा दिउँसो तीन बजेदेखि साँझ ७ बजेसम्म जारी रहने कुँवरले जानकारी दिए ।
भोली पनि गुलरीयामा विहान ११ बजेदेखि साँझ ५ बजेसम्म र राजापुरमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी रहने उनले बताए ।
निषेधाज्ञा जारी भएपछि समूहमा भेला हुन, जुलुस–नारा गर्न एकै स्थानमा पाँचजना भन्दा बढी भेला हुन नपाइने प्रजिअ कुँवरले बताए ।
बर्दियाका चार वटै क्षेत्रका बिभिन्न गाँउवाट सदरमुकाम गुलरियातर्फ मानिस ओसार्न लागिएको सूचना पाएपछि निषेधाज्ञा जारी गरीएको प्रजिअ बिनोद बहादुर कुवरले बताए ।
सदरमुकाम गुलरीया, सानोश्री, राजापुर राजमार्ग क्षेत्रको भुरीगाँउ र बाँसगढीमा व्यापक प्रहरी परीचालन गरीएको छ ।
कैलालीको टीकापुरमा एसएसपी सहित ७ प्रहरी र एक वालकको हत्या भएको खबरले बर्दियावासी पनि त्रसीत बनेका छन् ।
यसैबीच आन्दोलनकारीलाई संयमित भएर शान्तिपूर्ण रुपमा आन्दोलन अगाडि बढाउन बर्दियाका मुख्य तीन दल नेपाली काँग्रेस, एमाले र एमाओवादीले संयुक्त विज्ञप्ति निकालेर आग्रह गरेका छन् ।
भावुक योगी, बर्दिया
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
