थप समाचारमंगलबार, भाद्र ८, २०७२
कैलालीमा मारिएका दुवै इन्सपेक्टर कञ्चनपुरका
कैलालीको टीकापुरमा प्रहरी र थरुहट आन्दोलनकारीबीच भएको हिंसात्मक झडमा मारिएका दुवै इन्सपेक्टर कञ्चनपुरका हुन् ।
७ भदौ दिउँसो भएको झडपमा सेती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित दुईजना प्रहरी निरीक्षक मारिएका थिए ।
मृत्यु हुनेमा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ कलुवापुर घर भएका बलराम विष्ट र बेलौरी नगरपालिका–८ विद्यानगर घर भएका केशव बोहरा रहेको प्रहरीले जनाएको छ ।
मृतक प्रहरी निरीक्षक विष्ट र बोहराको परिवारजन अहिले शोकमा डुबेका छन् । मृतक बिष्टका श्रीमती, तीन छोरी र एक छोरा छन् भने मृतक बोहराका श्रीमती र दुई छोरा छन् । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>