समाचारमंगलबार, भाद्र ८, २०७२
बाँकेको कोहलपुरमा पनि कर्फ्यू
बाँकेको कोहलपुरमा थरुहट संघर्ष समितिले लाठीसहित गरेको प्रदर्शन नियन्त्रणबाहिर जान थालेपछि स्थानीय प्रशासनले दिउँसो तीन बजेदेखि बाँकेको कोहलपुरमा पनि कर्फ्यू लगाएको छ । त्यसअघि दुई बजेदेखि नेपालगञ्ज आसपास क्षेत्रमा कर्फ्यू लगाइएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले कोहलपुरमा ९ भदौ बिहान ४ बजेसम्म र नेपालगञ्जमा बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको बताए ।
उनले हुल दङ्गा, आगजनी साथै आन्दोलनकारी र प्रतिकार गर्नेहरूबीच भिडन्त, हुन थालेपछि कर्फ्यू आदेश जारी गरिएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
