समाचारमंगलबार, भाद्र ८, २०७२

टीकापुर घटनामा संलग्न चारजना प्रहरीको नियन्त्रणमा

हिमालखबर

कैलालीको टीकापुरमा हिजो ७ भदौमा भएको हिंसात्मक घटनामा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइते अवस्थामा टीकापुर अस्पतालमा उपचार गराई रहेका चारजनालाई प्रहरीले आफ्नै नियन्त्रणमा राखि अस्पतालमा उपचार गराईरहेको हो ।

चार जना नियन्त्रणमा रहेको प्रहरीले पुष्टि गरे पनि उनीहरुमाथि अनुसन्धान भइरहको भन्दै परिचय भने खुलाएको छैन ।

७ भदौमा टीकापुरमा आन्दोलनकारीहरुको आक्रमणबाट सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो ।
बच्चु विक, टीकापुरबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>