Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
वरिष्ठ प्रहरी उपरीक्षक र प्रहरी निरीक्षकको अन्त्येष्टि - Himalkhabar.com

थप समाचारमंगलबार, भाद्र ८, २०७२

वरिष्ठ प्रहरी उपरीक्षक र प्रहरी निरीक्षकको अन्त्येष्टि

हिमालखबर

तस्वीर: रासस

तस्वीर: रासस

कैलालीको टीकापुरमा ७ भदौमा भएको हिंसात्मक घटनामा आन्दोलनकारीको आक्रमणबाट मृत्यु भएका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको आज पशुपति आर्यघाटमा सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

न्यौपानेको पार्थिव शरीरमा उनका छोरा सन्देशले दागबत्ती दिए । दागबत्ति दिनुअघि प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो ।

त्यसअघि न्यौपानेको पार्थिव शरीर गौशालास्थित महानगरीय प्रहरी वृत्तमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । गौशालाबाट आर्यघाटसम्म न्यौपानेको शवयात्रा गरिएको थियो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम आर्यघाटमा पुगी न्यौपानेलाई श्रद्धाञ्जलि दिए ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, सिँचाइमन्त्री एनपी साउद, नेपाली सेनाका कामु प्रधानसेनापति राजेन्द्र क्षत्री, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तलगायत पूर्व र बहालवाला सुरक्षा निकायका अधिकारी न्यौपानेलाई श्रद्वाञ्जलि दिन गौशाला पुगेका थिए ।

अन्त्येष्टिका क्रममा पशुपति आर्यघाटमा ठूलो संख्यामा सर्वसाधारणको पनि उपस्थिति थियो ।

सोमबार वरिष्ठ प्रहरी उपरीक्षक न्यौपानेसहितका सात सुरक्षाकर्मी र एक बालक आन्दोलनकारीको आक्रमणमा मारिएका थिए । स्व न्यौपानेका श्रीमती, एक छोरा र छोरी छन् ।

सोही घटनामा मृत्यु भएका दुई प्रहरी निरीक्षकको पनि आजै गृहजिल्ला कञ्चनपुरमा अन्त्येष्टि गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>