समाचारमंगलबार, भाद्र ८, २०७२

बार्तामा बस्न तयार छौंः थारु सभासद

हिमालखबर

थरुहट प्रदेशको माग राख्दै आएको थरुहट संयुक्त संघर्ष समितिले सरकारसँग बार्तामा बस्न तयार रहेको जनाएको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले थरुहट आन्दोलनलाई वेवास्ता गर्दै प्रहरी नै दमनमा उत्रेकाले अहिलेको अवस्था आएको उनीहरुले बताए । सभासद रुक्मिणी चौधरीले पत्रकार सम्मेलनमा भनिन्, “हामी सरकारसँग बार्तामा बस्न तयार छौं । त्यो पहल सरकारले गर्नुपर्छ ।”

अर्का सभासद सुरेन्द्र चौधरीले गृहमन्त्री सवै समुदायको भएकाले जिम्मेवार अभिव्यक्ति दिन आग्रह गरे । उनले भने, “जनताको सुरक्षा गर्ने जिम्मेवारी सरकारको हो, तर सरकार नै श्वेत आतंक मच्याउँदै छ ।”

सभासदहरुले कैलालीमा थारु समुदायको लागि मात्रै कर्फ्यू जारी भएको गुनासो गरे । सभासद सुरेन्द्र चौधरीले भने, “कर्फ्यू जारी गरिएको बेला थारुहरुको घर कसरी जल्यो ?”

संघर्ष समितिका संयोेजक धनिराम चौधरीले माग पूरा नभएसम्म थारु आन्दोलन जारी रहने बताए । उनले थारु आन्दोलनलाई बद्मान गराउन हिंसात्मक क्रियाकलाप गराउन घूसपैठ गरिएको बताए । धनिराम चौधरीले भने, “यो घटनाको हामी जिम्मेवारी लिदैनौं ।”

अर्का सभासद जनक चाैधरीले कैलालीमा भइरहेकाे थारु अान्दाेलन र अखण्ड सूदुरपश्चिम अान्दाेलन राजनीतिक भएकाले राजनीतिक तवरमै निकास खाेजिनुपर्ने बताए । उनले भने, “प्रधानमन्त्रीसँग अाज विहान हामीले कुरा राख्याैं, याे घटनालाई राजनीतिक तवरले समाधान गरिनुपर्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>