समाचारमंगलबार, भाद्र ८, २०७२

टीकापुर घटनामा ज्यान गुमाएका सुरक्षाकर्मीलाई मरणोपरान्त एक तह बढुवा, छानविन समिति गठन

हिमालखबर

सरकारले कैलालीको टीकापुरमा ज्यान गुमाएका सुरक्षाकर्मीलाई एक तह बढुवा गरी सम्मान गर्ने भएको छ ।

८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले ज्यान गुमाएका सुरक्षाकर्मीको उच्च मूल्यांकन गर्दै मरणोप्रान्त बढुवा गरी सम्मान गर्ने निर्णय गरेको सञ्चारमन्त्री मिनेन्द्र रिजालले बताए ।

त्यसै गरी उक्त घटनाबारे छानविन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ ।

राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देविराम शर्माको अध्यक्षतामा गठित समितिमा एआईजी जीवन थापा र प्रताप थापा, राष्ट्रिय अनुसन्धान विभागका गणेश अधिकारी र गृह मन्त्रालयका सहसचिव विनोद केसी छन् ।

बैठकले टीकापुर घटना अमानवीय भएको भन्दै दोषीलाई कानूनको दायरमा ल्याउने निर्णय गरेको छ ।

त्यसैगरी मन्त्रिपरिषद बैठकले सबै पक्षलाई संयम अपनाउन अपील समेत गरेको मन्त्री रिजालले जानकारी दिए।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>