Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि ज्यादती भएकोमा महासंघद्वारा खेद प्रकट - Himalkhabar.com

थप समाचारबुधबार, भाद्र ९, २०७२

सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि ज्यादती भएकोमा महासंघद्वारा खेद प्रकट

हिमालखबर

fnjनेपाल पत्रकार महासंघले कैलालीको फूलबारी एफएममा भएको आगजनी एवम् अन्य सञ्चारमाध्यम र पत्रकारमाथि धम्की, कुटपिट र ज्यादतीका घटनामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै कैलाली, बाँके, नवलपरासी, रौतहट, मोरङ लगायतका जिल्लामा सञ्चारकर्मी र सञ्चारमाध्यममाथि ज्यादती भएकोमा खेद प्रकट गर्दै अविलम्ब त्यस्ता कार्य रोक्न सम्बन्धित पक्षलाई आग्रह गर्दै प्रेसको सुरक्षाका लागि सरकारसँग अपील गरेको छ ।

प्रेस वक्तब्य जस्ताको तस्तै:
केही दिनयता मुलुकका विभिन्न भागमा भैरहेको हिंसात्मक गतिविधि र अमानवीय घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

खासगरी कैलालीको टीकापुरमा प्रहरी तथा नावालकको हत्या जुन किसिमबाट भयो, त्यो कुनै पनि सभ्य समाजमा कल्पना पनि गर्न नसकिने घटना हो ।

यसैगरी रौतहटलगायतका जिल्लामा भएका प्रदर्शन र हताहतको घटनाले पनि मुलुकमा सुरक्षा अवस्था संवेदनशील भएको स्पष्ट गर्दछ ।

नेपाल पत्रकार महासंघ मुलुक नयाँ संविधान निर्माणको अन्तिम घडीमा पुगेको वर्तमान समयमा राजनीतिक मुद्दालाई राजनीतिक रुपमै हल गर्न, सामाजिक सद्भाव कायम राख्न र हिंसात्मक गतिविधिलाई कुनै पनि पक्षबाट प्रोत्साहन नगर्न जिम्मेवार राजनीतिक दलका नेतृत्व र सम्बद्ध सवैप्रति हार्दिक अपील गर्दछ ।
महासंघ मुलुक संवेदनशील घडीमा रहेको यो अवस्थामा सञ्चारकर्मी मित्र तथा सञ्चारमाध्यमहरुलाई व्यक्तिगत आस्था र समुदायगत मान्यता जे जस्तो भए तापनि पत्रकारिताको मूल मर्म र भावना एवं पत्रकार आचारसंहिताबाट विमुख नभई समाजलाई विभाजित हैन एकता र हिंसा हैन शान्तिको पक्षमा अग्रसर गराउन दत्तचित्त भएर लाग्न अपील गर्दछ ।

आन्दोलनकै क्रममा मुलुकका कतिपय भागमा सञ्चारकर्मीहरूमाथि कुटपिट तथा दुव्र्यवहार, सञ्चारमाध्यमका सवारी साधन तोडफोड, सञ्चारगृहमा आगजनी तथा समाचार प्रकाशन/प्रसारणमा अवरोध गर्ने तथा धम्की दिनेजस्ता काम भएकोमा महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघलाई प्राप्त विवरण अनुसार, कैलालीको टीकापुरस्थित फूलवारी एफएममा आज आगजनी भएको छ ।

आगजनीबाट एफएमका सम्पूर्ण उपकरण क्षतिग्रस्त भएका छन् । साथै, चार दिनदेखिको लगातारको कफ्र्युका कारण टीकापुरबाट प्रकाशन हुने ५ वटा दैनिक पत्रिका बन्द हुनुका साथै हाल प्रसारणमा रहेका एफएम स्टेशनमा पनि ढुक्कसँग काम गर्ने वातावरण छैन ।

यसअघि धनगढीबाट प्रकाशन हुने धनगढी पोष्ट दैनिक र दिनेश एफएमलाई सार्वजनिक रूपमा धाकधम्की दिइएको, नेपाल टेलिभिजन टीकापुर संवाददाता महेन्द्र भण्डारीलाई गालीगलौज र दुव्र्यवहार गरिएको, सुखडास्थित घोडाघोडी एफएमका स्टेशन म्यानेजर हरेन्द्र चौधरी र समाचार प्रमुख निलमकुमार चौधरीलाई कुटपिट गर्नुका साथै उनीहरू चढेको मोरसाईकल तोडफोड गरिएको, धनगढी एफएमका समाचार प्रमुख नृप रावल र पश्चिम टुडे एफएमका पासाङ ठकुल्लालाई सेती अञ्चल प्रहरी कार्यालय अगाडि मोटरसाईकल नियन्त्रणमा लिएर गालीगलौज गरिएको, रेडियो कैलाली एफएमका प्रवन्ध निर्देशक नवराज खनालमाथि सांघातिक आक्रमण गर्दै उनी चढेको से ३ प १२७९ नम्बरको मोटरसाइकल तोडफोड गरिएको विवरण प्राप्त भएको छ ।

कान्तिपुरका ठाकुरसिंह थारु र गणेश चौधरीलाई पनि धम्की दिइएको जानकारी आएको छ ।

यस्तै नेपालगञ्जमा सञ्चारकर्मीहरू आशिष गुप्ता, दिनेश ठाकुर, मो. आरिफ अन्सारी र सुभाष गुप्तालाई सुरक्षाकर्मीबाट र भगतराम थारुलाई आन्दोलनकारीबाट दुव्र्यवहार भएको विवरण प्राप्त भएको छ ।

नवलपरासी, रौतहट, मोरङलगायतका अन्य जिल्लाहरुमा पनि विभिन्न पक्षबाट दिइएका धम्कीका कारण पत्रकारले असुरक्षित महसुस गरेका छन् भने तराइका क्षेत्रहरुमा पत्रिपत्रिका वितरणमा समेत अवरोध गरिएको छ ।

महासंघ प्रेसमाथि भैरहेको यो ज्यादतीप्रति खेद व्यक्त गर्दछ र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुग्ने यस्ता घटना अविलम्ब बन्द गर्न सम्बद्ध पक्षलाई अपील गर्दछ ।

साथै, पत्रकार, सञ्चारमाध्यम र यसमा आवद्ध कर्मचारीको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सरकारसँग गर्दछ ।
डा. महेन्द्र विष्ट
अध्यक्ष

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>