समाचारबुधबार, भाद्र ९, २०७२

संविधानसभामा यसाे भने नेताहरुले

हिमालखबर

संविधानसभामा आजबाट नयाँ संविधानको विधेयकमाथि सैद्धान्तिक छलफल शुरु भएको छ ।

मस्यौदा समितिले पेश गरेको विधेयक सभासदहरुलाई अध्ययनका लागि तीन दिनको समय दिएपछि सैद्धान्ति छलफल शुरु भएको हो । छलफलमा बोल्दै प्रमुख दलका प्रमुखहरुले संविधानलाई साझा दस्तावेजका रुपमा बुझ्न र बनाउनुपर्ने बताए ।

संशोधनबाट सम्बोधनः कोइराला
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले प्राप्त उपलब्धी संस्थागत गर्न पनि सवै जिम्मेवार हुनुपर्ने बताएका छन् । उनले असहमतिलाई पनि संशोधनमार्फत हल गर्नुपर्ने बताए ।

कोइरालाले भने, “सबैको सहमतिबाट संविधान पारित गराउनेतर्फ लाग्नुपर्छ, हिंसाको बाटोमा गए मुलुकलाई ठूलो नोक्सानी हुन्छ ।”

धैर्य हुनुपर्छः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान सम्झौताको दस्तावेज भएकाले सवै क्षेत्र र जातजातिलाई समेटेर लोकतन्त्रको मूल्य र मान्यता स्थापित गर्नुपर्ने बताए । उनले भने, “नयाँ संविधानमा सवैको भावना समेटिएको छ ।”

ओलीले देशका विभिन्न ठाउँमा भएको हिंसात्मक गतिविधिको निन्दा गरे । उनले भने, “संविधान लेखनको यो अन्तिम अवस्था हो, सवै संयम र धौर्य हुनुपर्छ ।”

मधेशी र थारुलाई संविधानसभाबाट नबाहिरिन अपिलः दाहाल
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधासभाबाट संविधान बनाउने ऐतिहासिक जिम्मेवारी पूरा हुन लागेको बताए । दाहालले संविधान कतिपय ठाउँमा धर्मराएको उल्लेख गरे ।

“मधेशी, थारुलगायत असन्तुष्टहरुलाई संविधान निर्माण प्रक्रियाबाट नभाग्न अपील गर्छु”, उनले भने, “माग सम्बोधन गर्ने ठाउँहरू प्रशस्त छन् ।”

८ प्रदेश बनाऊः गच्छदार
मशेधी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आठ प्रदेशको खाकाले मात्रै मुलुकको समस्याको समाधान हुने बताए ।

उनले मधेश र थारुलाई नसमेटी बनाएको संविधानले मुलुकलाई निकास दिन नसक्ने बताउँदै भने, “संंशोधन प्रक्रियामार्फत हाम्रो पूरा हुनुपर्छ, त्यस्तो नभए संविधानसभाबाट बाहिरिन्छौं ।”

राणाकालीन भारदारीसभाः थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभा राणाकालीन भारदारी सभा बनाउन खोजेको आरोप लगाए ।

उनले भने, “राजतन्त्रबारे छलफल हुँदैन भन्ने अधिकार मस्यौदा समितिको सभापतिलाई कसले दियो ?” थापाले आफू संविधान निर्माणको बाधक नभएको बताए । अहिलेको परिस्थिति प्रमुख चार नेताको दम्बले सृजना भएको बताए ।

-कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>